मोरङका ग्रामथान, जहदा र कटहरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
ज्ञानमाण्डू। बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पालिकाहरुमा बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने क्रममा प्रदेश नं. १ को मोरङका ग्रामथान, जहदा र कटहरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बीमा समितिको आयोजनामा यही असार २० गते ग्रामथान गाउँपालिकामा र असार १९ गते जहदा तथा कटहरी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको समितिले जनाएकाे छ ।
ग्रामथान गाउँपालिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारुले गाउँपालिकामा बीमाको पहुँच बढाउनका लागि आगामी आर्थिक वर्षमा बीमा सम्बन्धी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले स्थानीय तहमा नै बीमा कम्पनीका शाखा कार्यालयहरु स्थापना गर्न आग्रह गर्नभुयो ।
कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गर्नूभएको थियो भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले स्वागत मन्तव्य व्यक्त गर्नुभएको समितिले जनाएकाे छ ।
कार्यक्रममा ग्रामथान गाउँपालिकाका उपाध्यक्ष गुणावती देवी थारु, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको समितिले जनाएकाे छ ।यसैगरी, जहदा गाउँपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले कृषकहरुले सहजरुपमा कृषि तथा पशुपन्छी बीमा गर्न पाउने तथा बीमा दाबी पनि सहजरुपले पाउने व्यवस्था गर्न र कोरोना बीमाको दाबी भुक्तानी यथाशीघ्र उपलब्ध गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गर्नुभएको थियो भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम संचालन एवम् स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको समितिले जनाएकाे छ ।
यस्तै, कटहरी गाउँपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जीवन बीमाका अभिकर्ता जस्तै कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको पनि गाउँपालिकामा सहज उपस्थिति हुनुपर्ने र दाबी भुक्तानी पनि सहजताका साथ समयमै पाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गर्नुभएको थियो भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम संचालन एवम् स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा कटहरी गाउँपालिकाका उपाध्यक्ष सीतादेवी राजबंशी, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, इन्स्योरेन्स प्रोफेशनल सोसाइटी, विराटनगर र नेपाल इन्स्योरेन्स सर्भेयर संघ, विराटनगरका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुख तथा प्रतिनिधि, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको समितिले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्