Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २२ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात मङ्गलबार असार २१ गतेका दिन, छापावाला सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारसुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको देख्न सकिन्छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content