सपोर्ट लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्यो, +2 पासका लागि सुनौलो अवसर
Click here to join Gyanmandu.com's Viber Community
ज्ञानमाण्डू। यस सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वीकृत कार्य क्षेत्र प्रदेश नं.१ अन्तर्गतका जिल्लाहरुमा लघुवित्त कार्यक्रम विस्तार तथा सञ्चालनका लागि देहाय बमोजिमको कर्मचारीहरु आवश्यक भएकोले इच्छुक योग्य उम्मेदवारहरुले मिति २०७९/०४/२२ गते आइतबार कार्यालय समयभित्र तपशिलमा उल्लेखित ठेगानामा आइपुग्ने गरी कार्यालयमा वा इमेलबाट निवेदन पेश गर्न यो विज्ञापन प्रकाशित गरिएको छ ।
विज्ञापन नं. : १/७९/८०
कार्यालय : शाखा कार्यालय
पद : सुपरभाइजर (शाखाप्रमुख)
आवश्यक संख्या : केही
आवश्यक न्यूनतम योग्यता : प्रविणता प्रमाणपत्र तह/+२ वा सोसरह उर्तिण गरी लघुवित्त क्षेत्रमा ४ कार्यानुभव भएको हुनुपर्ने।
विशेष प्राथमिकता : स्नातक तह उत्तिर्ण गरी एक तह मुनिको पदमा ३ बर्षको बर्षको कार्य अनुभव भएको।
कार्यालय : शाखा कार्यालय
पद : बरिष्ठ सहायक (शाखाप्रमुख)
आवश्यक संख्या : केही
आवश्यक न्यूनतम योग्यता : प्रविणता प्रमाणपत्र तह/+२ वा सोसरह उर्तिण गरी लघुवित्त क्षेत्रमा ३ बर्षको बर्षको कार्यानुभव भएको हुनुपर्ने।
विशेष प्राथमिकता : स्नातक तह उत्तिर्ण गरी एक तह मुनिको पदमा २ कार्य अनुभव भएको।
विज्ञापन नं. : ३/७९/८०
कार्यालय : केन्द्रीय कार्यालय
पद : बरिष्ठ सहायक / सहायक-IT
आवश्यक संख्या : केही
आवश्यक न्यूनतम योग्यता : सूचना प्रविधि वा सम्बन्धित बिषयमा प्रविणता प्रमाणपत्र तह/+२ वा सोसरह उर्तिण गरी २ बर्षको कार्यानुभव भएको हुनुपर्ने।
ई–कमर्स प्लेटफर्म बिजबजारमा Distributors र Dealers को आवश्यकता
विशेष प्राथमिकता : सूचना प्रविधि वा सम्बन्धित बिषयमा स्नातक वा सोसरह उर्तिण गरी लघुवित्त क्षेत्रमा बर्षको कार्यानुभव भएको हुनुपर्ने ।
बाञ्छनिय न्यूनतम योग्यता : आवेदकहरुको हकमा उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । महिला उम्मेदवारको हकमा सबै विज्ञापन नं. का लागि थप ५ वर्षको अधिकतम उमेर हुनेछ । आवेदक नेपाली नागरीक, कम्प्युटर (अफिस प्याकेज), इमेल इन्टरनेट सम्बन्धी तालिम हासिल गरेको हुनुपर्नेछ, साथै अनिवार्य रुपमा दुइपाङ्ग्रे सवारी चालक अनुमतिपत्र प्राप्त गरेको हुनुपर्नेछ।
परीक्षाको किसिम : उम्मेदवारहरुको छनौट लिखित तथा अन्तवार्ता परीक्षाबाट हुनेछ । आवेदन दर्ता तथा परीक्षा दस्तुर रु ५००/(अक्षरेपी रु पाँच सय) लाग्नेछ । आवेदन फाराम र पाठ्यक्रम यस वित्तीय संस्थाको वेवसाइटमा राखिएको छ । उक्त आवेदन डाउनलोड गरी आवेदन फाराम भरी परीक्षा दस्तुर वापतका शुल्क यस वित्तीय संस्थाको सिद्धार्थ बैंक लि., इटहरी स्थित खाता नं ०३०१५०५४०५१ मा जम्मा गरिएको सक्कल प्रति भौचर तथा दरखास्तका साथमा बायो डाटा सहित शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्नेछ, आवेदन यस वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा अन्तिम दिन (प्रथम पटक सूचना प्रकाशित मितिबाट १५ दिन) कार्यालय समयभित्र आइपुग्ने गरी बुझाउनु पर्नेछ । लिखित परीक्षाको मिति, समय र स्थान यस वित्तीय संस्थाको बेबसाइट र सार्वजनिक सूचना मार्फत जानकारी गराईनेछ ।
द्रष्टव्य : छनौट प्रकृया प्रभावित हुने गरी टेलिफोनबाट सोधपुछ तथा भनसुन गर्ने उम्मेदवारको आवेदन तथा तोकिएको समयमा रीतपूर्वक नआएका दरखास्तहरु स्वतः रद्द हनेछ । प्राप्त निवेदनहरुको छोटो सची तयार गर्ने परीक्षा प्रयोजनका लागि केही वा सबै आवेदन रद्द गर्ने अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ, रित पूर्वक नपरी रद्द भएका दरखास्तको परीक्षा शुल्क समेत फिर्ता हुनेछैन ।
निवेदन पठाउने ठेगाना :
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय, इटहरी-०४, सुनसरी
फोन नं. : ०२५-५८८१७७,१७८
इमेल ठेगानाः smicrofinance.vacancy@gmail.com
प्रतिकृया दिनुहोस्