Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन

ज्ञानमाण्डू।सशस्त्र प्रहरी बलको एपीएफ क्लब यहाँ सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ । 

उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै रु ५० हजार पुरस्कार प्राप्त गरेको छ । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पुलिस क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलाडीहरु रु २५ हजारसहित पुरस्कृत भएका छन् । राजेशले ६५ किलो तथा रिताले ५५ किलो तौल समूहमा स्वर्ण जितेका थिए । प्रतियोगितामा भाटभटेनीले अनुशासित टोलीको उपाधि प्राप्त गर्‍यो । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सम्पन्न प्रतियोगिताको पुरुष ५० किलोमा मेन डोजोका मनोज रानामगर पहिलो, एपीएफका सञ्जय राई दोस्रो तथा आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेस्रो भएका छन् । 

यस्तै पुरुष ५५ किलोमा एपीएफका रोहित चुनारो पहिलो, नोपली सेनाका तारा तामाङ दोस्रो तथा मुवाँथाईका दावा फुन्जो शेर्पा र पुलिस क्लबका राजेन्द्र सिन्जाली मगर तेस्रो भए । पुरुष ६० किलोमा एपीएफका वीरेन्द्रसिंह कोठारी पहिलो, पुलिस क्लबका मुकेश पण्डित दोस्रो तथा मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तृतीय भए । पुरुष ६५ किलोतर्फ आर्मीका राजेश चौधरी पहिलो, मुवाँथाईका फुर्देनी शेर्पा दोस्रो तथा बक्समान्डुका मनीषकुमार भुजेल र पुलिसका समन धुस्री तृतीय भए । पुरुष खुला तौल समूहमा रेजका कोशिष श्रेष्ठ पहिलो, एपीएफका भूपेन्द्र शाह दोस्रो तथा सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भएका छन् । 

यसै गरी महिला ६५ किलोतर्फ एपीएफकी विनीता थापा मगर पहिलो, नेपाली सेनाकी मञ्जु विक दोस्रो तथा एपीएफकी मनीषा राउत र मेन डोजोकी रविना तामाङ तृतीय भएकी छिन् । महिला खुला तौल समूहमा आर्मीकी विन्दु पुन पहिलो, एपीएफकी जयन्ती श्रेष्ठ दोस्रो तथा मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तृतीय भएकी छिन् । महिला ६० किलोतर्फ एपीएफकी निशा विक पहिलो, मेन डोजोकी सुस्मिता शाही दोस्रो तथा मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भएकी छिन् । महिला ५० किलोमा एपीएफकी सन्जुमाया थिङले स्वर्ण, आइकेकेएफकी करिश्मा कार्कीले रजत तथा सेनाकी रुविका खड्का र शान्ति थापा मगरले कांस्य पदक प्राप्त गरेका छन् । महिला ५५ किलोतर्फ नेपाल पुलिसकी रीता ठकुल्लाले स्वर्ण, एपीएफकी विद्या गुरुङले रजत तथा आर्मीकी अनुपमा नेपाली र रिना धमालले कांस्य पदक प्राप्त गरे । तीन दिनसम्म चलेको सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश गरिएका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ पुरस्कार प्राप्त गरेका थिए । 

ब्याडमिन्टन टोलीलाई खेल पोशाक: 

नेपालमा हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा सहभागी नेपाली ब्याडमिन्टन टोलीलाई योनेक्सले आइतबार खेल पोशाक प्रदान गरेको छ । सागमा सहभागी पुरुष र महिला गरी २० खेलाडी, छ प्रशिक्षक तथा दुई व्यवस्थापकलाई उक्त पोशाक प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले राखेप कभर्ड हलमा आइतबार सो पोशाक हस्तान्तरण गरेका हुन् ।रासस

Sunrise Bank

Ad Below News Title

Ad After News Content

IME

Enjoy Your Study

GME