Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

विदेशी शिक्षण संस्था सञ्चालनबारे नयाँ मापदण्ड


ज्ञानमाण्डू।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ संशोधन गरी नयाँ मापदण्ड लागू गरेको छ । गत मङ्सिर २४ गतेको मन्त्री स्तरीय निर्णयअनुसार दोस्रो संशोधनसहित जारी गरिएको यो निर्देशिका जारीपछि अब विदेशी शिक्षण संस्थाको सम्बन्धनमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि अनुमति प्रदान गर्दा वा सम्बन्धन परिवर्तन र कार्यक्रम थपका लागि निवेदन गर्ने शैक्षिक संस्थाका सम्बन्धमा नयाँ मापदण्ड लागू गर्नुपर्नेछ । 

मन्त्रालयको उच्च शिक्षा शाखाले जारी गरेको सूचनामा निर्देशिकाले शिक्षण संस्था स्थापना तथा सञ्चालनका लागि आवश्यक पर्ने प्रारम्भिक मापदण्ड निर्धारण गरेको छ । शिक्षण संस्थाको स्थापना गर्दा औद्योगिक क्षेत्र र मूल सडकबाट केही टाढा, तर दमकल र एम्बुलेन्स गुड्न सक्ने बाटो भएको स्थानमा हुनुपर्नेछ भने शिक्षण संस्थामा अध्यापन गराउने सबै शिक्षकको शैक्षिक योग्यता सम्बन्धित विषयमा कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर हुनुपर्ने उल्लेख छ । 

तर, स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्ने शिक्षण संस्थामा कार्यक्रमअनुसार प्रत्येक कार्यक्रममा कम्तीमा एक जना विद्यावारिधि तहको शिक्षक अनिवार्य हुनुपर्ने र इन्जिनियरिङ तथा सूचना प्रविधिका लागि शिक्षकको शैक्षिक योग्यता स्नातकोत्तर हुनुपर्नेछ । नर्सिङ कार्यक्रमका लागि प्रिन्सिपलको शैक्षिक योग्यता नर्सिङ विषयमा स्नातकोत्तर र शिक्षकमध्ये २५ प्रतिशत स्नातकोत्तर र अन्य स्नातक उत्तीर्ण भई नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने जनाइएको छ । 

“शिक्षण संस्थाले कार्यक्रम सञ्चालनका लागि काठमाडौँ उपत्यकामा भए कम्तीमा तीन रोपनी, पहाडमा भए छ रोपनी र तराईमा भए पाँच कट्ठा जग्गाको व्यवस्थापन गर्नुपर्नेछ”, निर्देशिकामा भनिएको छ । शिक्षण संस्थाको भुईँदेखि सिलिङसम्मको उचाइ कम्तीमा नौ फिट हुनुपर्ने, कोठामा प्रशस्त प्रकाश छिर्ने, क्रस भेन्टिलेसन भएको हुनुपर्ने र भवन भूकम्प प्रतिरोधक प्रविधिबाट निर्मित हुनुपर्ने उल्लेख छ । यसै गरी पुस्तकालय, चमेना गृह, शिक्षक विद्यार्थी अनुपात, प्रति कक्षा विद्यार्थी सङ्ख्या आदिबारे पनि मापदण्ड तोकिएको छ ।रासस

Ad After News Content

GME

Enjoy Your Study