Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सप्तरीमा एक हजार छोरी बीमित


ज्ञानमाण्डू।प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बिमा शिविरमार्फत सप्तरीमा हालसम्म एक हजारभन्दा बढी छोरी बीमित भएका छन् । 

विसं २०७५ माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरी दिने घोषणा गरेको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बिमा गर्ने उद्देश्यका साथ शिविरमार्फत हालसम्म एक हजार १२ छोरीले बिमा गराएका हुन् । यो सङ्ख्या प्रदेशका आठ वटै जिल्लामध्ये सबैभन्दा बढी रहेको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमका संयोजक प्रियङ्का यादवले जानकारी दिइन् । 

संयोजक यादवका अनुसार बिमा गराएकी बालिकाले २० वर्षपछि एकमुष्ट रु एक लाख २५ हजार पाउने छन् । शिविरमार्फत बोदेवसाइन नगरपालिकामा १८४, हनुमाननगर कङ्कालिनीमा २९३, डाक्नेश्वरीमा २७६, अग्नीसाइर कृष्णासवरणमा १२१, कञ्चनरुपमा १२४ तथा तिरहुत गाउँपालिकामा २४ छोरीले बिमा गराएका छन् । 

बीमाका लागि आवश्यक जन्म दर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एक जनाको नागरिकता र बच्चा तथा अभिभावकको ६/६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक व्यवस्था मिलाएको संयोजक यादबको भनाइ छ । 

शिविरमा प्रभु बैङ्कका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरू, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ । 

माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको वीरगञ्जका साथै आठ वटै जिल्लामा एकसाथ सुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालित रहनेछ । शिविरमा बिमा गराउने बालिकाको परिवारले तीन महिनाका लागि सुविसुको फ्री इन्टरनेट सेवासमेत पाइरहेका संयोजक यादवले बताइन् । रासस