Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

छाउपडी अन्त्य गर्न अन्तर्राष्ट्रिय गोष्ठी

ज्ञानमाण्डू।सरकारले सुदूरपश्चिमका केही जिल्लामा व्याप्त छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ । छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी जेठ १३ देखि १५ गतेसम्म ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’ को आयोजनासमेत गर्ने भएको छ । 

मन्त्रालयले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले महिनावारीसम्वन्धी भए/गरेका कामलाई परिवर्तन गर्ने उद्देश्यले विभिन्न २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधि र नीति निर्माताको सहभागिता रहने जानकारी दिए । 

दोस्रो राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित गोष्ठीको मूल नारा ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने रहेको छ । गोष्ठीमा महिनावारीका विभिन्न पक्ष भान्सादेखि संसद्सम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजनन स्वास्थ्य अधिकार, धार्मिक मान्यता, सरसफाइ र छाउपडीसम्बन्धी ऐन/कानुन र नीतिका बारेमा छलफल गरिनेछ । 

सोही अवसरमा मन्त्री गुरुङले लैङ्गिक समानताका लागि महिनावारीलाई मानव अधिकारको दृष्टिबाट हेर्नुपर्नेमा जोड दिए । सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य समाज निर्माण गर्ने सरकारको योजनाअनुसार नै मन्त्रालयले छाउपडी अन्त्यको अभियानलाई तीव्रता दिएको मन्त्री गुरुङको भनाइ छ ।रासस