प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब ३० कराेड
ज्ञानमाण्डू। प्राइम कमर्सियल बैंकको नाफा २२.६१ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले १ अर्ब ६ करोड नाफा कमाएको थियो भने अहिले १ अर्ब ३० कराेड नाफा कमाएको देखिन्छ ।
९ अर्ब ६८ करोड ६८ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम कमर्सियल बैंकले ८० अर्ब ३५ करोड ३५ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ९१ करोड ५४ लाख ४३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ५ अर्ब ६५ करोड ७८ लाख ४८ हजार रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २२.१४ प्रतिशतले बढेर २ अर्ब १६ करोड ४६ लाख १० हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा
अनुपात १.४५ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८६ पैसा छ
भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४१ पैसा छ र मूल्य आम्दानी अनुपात ९.६८ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण
|
दोस्रो त्रैमास २०७६
(रू हजारमा)
|
चुक्ता पुँजी
|
रू ९,६८,६८,५२
|
निक्षेप संकलन
|
रू ८०,३५,३५,३५
|
कर्जा लगानी
|
रू ८०,९१,५४,४३
|
खुद ब्याज आम्दानी
|
रू २,१६,४६,१०
|
नाफा/(नाेक्सान)
|
रू १,३०,०७,८७
|
जगेडा कोष
|
रू ३,१९,६७,३१
|
संचित मुनाफा
|
रू २,४६,११,१७
|
निष्कृय कर्जा
|
१.४५%
|
प्रतिशेयर आम्दानी
|
२६ रुपैयाँ ८६ पैसा
|
प्रतिशेयर नेटवर्थ
|
१५८ रुपैयाँ ४१ पैसा
|
आम्दानी अनुपात
|
९.६८ गुणा
|
प्रतिकृया दिनुहोस्