Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सामाजिक दुरीको सट्टा "दूर सामाजिकीकरण" को अभ्यास

ज्ञानमाण्डू।सामाजिक दुरी - स्वेच्छाले अन्य व्यक्तिको साथ शारीरिक सम्पर्क सीमित राख्ने क्रियाकलाप- कोभिड–१९ को प्रसारलाई सुस्त बनाउन मद्दत पुर्‍याउने महत्त्वपूर्ण अभ्यास भएको छ। कोभिड–१९ लाई रोक्नका लागि चालिएका दैनिक कदमहरू बाहेक, हामी र अरू बिचको दुरी कायम गर्नु नै स्थानीय, देश र विश्वव्यापी रूपमा नै कोभिड–१९ को प्रभाव तथा प्रसार सुस्त बनाउने उत्तम उपाय हो । तर व्यक्तिहरू एक अर्काको सम्पर्कमा रहनु पनि उत्तिकै आवश्यक छ, अन्यथा कोभिड–१९ को भाइरस सँगै निकट भविष्यमा दीर्घकालीन मानसिक र शारीरिक स्वास्थ्य सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ । 

कोभिड–१९ को प्रसारलाई ढिला बनाउन सामाजिक दुरी महत्त्वपूर्ण छ, तर यसले एक अर्कोको साथ, सम्बन्ध र मानिसहरूको आधारभूत आवश्यकतालाई पनि धक्का पार्ने देखिएको छ । विशेष गरी कठिन समयमा, मानिसहरू एक अर्काबाट आराम, सान्त्वना र कृपा भावको आग्रह वा आश गर्ने गरेको पाइन्छ । गरिएका परीक्षणहरूको आधारमा, प्रियजनको समर्थनले हाम्रो तनाव र हाम्रो मस्तिष्कको दर्दनाक इलेक्ट्रिक प्रतिक्रियाहरूलाई नम्र बनाउन आवश्यक मद्दत पुर्‍याउने गर्दछ । यसको विपरीत, एकाकीपन मनोवैज्ञानिक रूपमा विषाक्त छ; यसले निन्द्रा, डिप्रेसन, साथ साथै प्रतिरक्षा र हृदय सम्बन्धी समस्याहरूलाई बढाउँदछ। वास्तवमा, लामो एक्लोपनाले दिनको १५ वटा सिगरेट पिउनु बाराबर को जोखिम निम्त्याउँछ।

हामीले आफ्नो र सार्वजनिक स्वास्थ्यको हित का लागि सही कदमहरू परिचालन गर्न निकै आवश्यक हुन्छ । तर, सामाजिक दुरीको लामो अभ्यासले मानिसहरूमा व्यापक एकाकीपन, दीर्घकालीन मानसिक र शारीरिक स्वास्थ्य सङ्कट पैदा हुनसक्ने सम्भावनालाई हल्का रूपमा लिनु हुँदैन अन्यथा यस रोगको स्रोत र सङ्क्रमित दुवै हामी आफै हुनेछौ ।

हामीले यस समयलाई "सामाजिक दुरी"को नभई "शारीरिक दुरी" को रूपमा अपनाउनु जरुरी छ, जुन हामी अलग रहँदा पनि सामाजिक रूपमा जडित रहन सक्नुको बेजोड उदाहरण हुनेछ । वास्तवमा सोही कदमले हामी सबैलाई "दूर सामाजिकीकरण" को अभ्यासका लागि हौसला तथा प्रोत्साहन प्रदान गर्नेछ । विडम्बना, उही प्रविधि जुन हामी अक्सर हाम्रो सामाजिक विच्छेद र छेडछाडको लागि दोषी मान्ने गर्दथ्यौ, आजको परिस्थितिमा एक अर्काको सम्पर्क र सम्बन्ध अडाइ राख्नका लागि उत्तम समाधान बनेको छ ।

व्हाट्सएप, मेसेन्जर, भाइबर, फेस टाइम, जूम र यस्तै अन्य सामाजिक सञ्जालका उपकरणहरू अहिले हाम्रो निकै घनिष्ठ साथी बन्न पुगेका छन् । हामीलाई थाहा छ कि यी उपकरणहरू कसरी बैठक र शिक्षणका लागि प्रयोग गर्ने, तर हामी किन त्यही रोकिनु ? हामीले सामाजिक सञ्जालका यी साधन औपचारिक अन्तर्क्रियाको लागि मात्र प्रयोग नगरी सामाजिक अन्तरको दूरलाई कम गर्ने समाधानको दृष्टिकोणबाट पनि हेर्न जरुरी देखिन्छ । जब हामी व्यक्तिगत रूपमा कोही सँग भेट्छौँ, हामी प्रत्येक मिनेट उत्पादक वा चिन्तनशील रही रहनु असम्भव जस्तै नै हुने गर्दछ। त्यही दूर सामाजिकीकरणका उपकरणहरूको प्रयोगले हाम्रो सम्बन्धहरू र उत्पादकतालाई समानान्तर ढङ्गले अघि बढाउने र निखार्ने मौका प्रदान गर्दछ ।

दुर्भाग्यवश, कोभिड–१९ को सबैभन्दा बढी जोखिममा रहेका वृद्धहरू पनि सामाजिक दुरीका कारण मनोवैज्ञानिक रूपमा अति संवेदनशील हुन सक्ने देखिन्छ । यो त्यस्तो समय हो जब उनीहरूलाई सम्भव भएसम्म टेक्नोलोजीसँग परिचय गराउनु र पहुँचको दायराभित्र ल्याउनु निकै फलदायी रहन्छ ।

जे होस्, सामाजिक दृष्टिबाट सामाजिक रूपमा कायम गरिएको दुरी पनि दयाको कार्य हो, भन्ने कुरा मनमा राख्न जरुरी छ । आफूलाई अलग राख्ने निर्णय आत्म सुरक्षा र हाम्रा समुदायको बढी कमजोर सदस्यहरूको सुरक्षाका निम्ति गरिएको महत्त्वपूर्ण निर्णय हो । अलग रहने निर्णय पनि एकजुटताको कार्य हो - हामी एक्लो त रहन्छौ तर सबैको साथसँगै । हाम्रो लागि सब भन्दा सहयोगी चीज भनेको हाम्रा आशाहरू कम गर्नु हो। हाम्रा महत्त्वाकाङ्क्षाहरुलाई अब केही बेरको लागी आराम दिनु जरुरी छ।

Ad After News Content