Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

ग्लोबल आइएमई बैंकद्वारा बाग्मती प्रदेशलाई १० लाख सहयोग

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई रु. १० लाख सहयोग गरेको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकहरु नारायण प्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द थापाले संयुक्तरुपमा बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन् आग्रह गरेका छन् ।



कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास रहेको बैंकले बताएको छ ।   

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने जनाएको छ ।

infolink

admana

Mega Bank

slc share training