Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

माछापुच्छ्रे बैंकद्वारा नेपालमा पहिलोपटक We Chat Wallet को भुक्तानी सेवा शुभारम्भ

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक We Chat वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै We Chat वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो । उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंक लि.संग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि We Chat Wallet बाट भुक्तानी गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले First Pay Technology Pvt. Ltd. संगको सहकार्यमा उक्त We Chat Wallet संचालनमा ल्याएको हो । 

 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस (POS Machine) मार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

Machhapuchchhre Bank Limited

Ad Below News Title

Mega Bank

Ad After News Content