सिद्धार्थ बैंकको नाफा २ अर्ब ९ करोड
ज्ञानमाण्डू। सिद्धार्थ बैंकको नाफा ७.३० प्रतिशतले घटेकाे छ । आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममा
बैङ्कले २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब ९ करोड २७ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थ
बैंकले १ खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड ८० लाख ९०
हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख ६४
हजार रुपैयाँ र संचित मुनाफा ९४ कराेड ४६ लाख ८७ हजार रूपैयाँ
रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.७२
प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ७९ लाख १० हजार रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ८६ करोड ६४ लाख ८५
हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.५६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा छ र
मूल्य
आम्दानी अनुपात १३.८४ गुणा छ ।

As on 31st Ashadh 2077 BS
विवरण
|
चाैथाे त्रैमास २०७६/७७
(रू हजारमा)
|
चुक्ता पुँजी
|
रू ९,७८,७७,६७
|
निक्षेप संकलन
|
रू १,३९,६०,९४,९८
|
कर्जा लगानी
|
रू १,२३,४४,८०,९०
|
खुद ब्याज आम्दानी
|
रू ५,५८,७९,१०
|
नाफा/(नाेक्सान)
|
रू १,०२,६५,४९
|
जगेडा कोष
|
रू ५,२४,३३,६४
|
संचित मुनाफा
|
रू ९४,४६,८७
|
निष्कृय कर्जा
|
१.५६%
|
प्रतिशेयर आम्दानी
|
२१ रुपैयाँ ३८ पैसा
|
प्रतिशेयर नेटवर्थ
|
१६३ रुपैयाँ २२ पैसा
|
आम्दानी अनुपात
|
१३.८४ गुणा
|
प्रतिकृया दिनुहोस्