Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

सुन्दर यातायातमा इपेमेन्ट शुरु

ज्ञानमाण्डू। नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विद्युतीय माध्यमबाट रकम भुक्तानीे (इपेमेन्ट) गर्न मिल्ने स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । कम्पनीले आइपे प्राइभेट लिमिटेडसँगको सहकार्यमा सार्वजनिक यातायातसहित अरु सबै सानाठूला सवारी साधनमा इपेमेन्ट गर्न सकिने स्मार्ट कार्ड प्रयोगमा ल्याएको हो ।


उक्त कार्डमार्फत जुनसुकै सवारी साधनमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेछ । रु दुई सयको कार्डले रु २५० को यात्रा गर्न सकिने प्रालिले जनाएको छ । सो सेवा देशव्यापी बनाइने लक्ष्य रहेको प्रालिका प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

Ad Below News Title

Mega Bank

Ad After News Content