ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने
गण्डकी प्रदेश ,लमजुङ जिल्ला बेसिशहर नगरपालिका वडा नं.८ बेसिशहरमा रजिष्टर्ड कार्यालय रही आएको, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. ११०४५५/२०६९/०७० फाल्गुण २४ गते विधिवत दर्ता भै नेपाल राष्ट्र बैंकवाट मिति २०७० जेष्ठ १ गते घ वर्गको इजाजत पत्र प्राप्त गरी मिति २०७० जेष्ठ ५ गतेबाट ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट काम गरी आएको लघुवित्त वित्तीय संस्था लिमिटेड का अख्तियार प्राप्त अध्यक्ष बुद्धि अकेला र गण्डकी प्रदेश , कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ विजयपुरमा केन्द्रीय कार्यालय रही आएको, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं.१६३८७९/२०७३/०७४ मिति २०७३/११/०४ गते विधिवत दर्ता भै नेपाल राष्ट्र बैंकबाट मिति २०७४ असार २३ गते ‘घ’ वर्गको इजाजत पत्र प्राप्त गरी मिति २०७४/०३/२९ गते देखि कारोवार सञ्चालन गरेको स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेड का अख्तियार प्राप्त अध्यक्ष प्रा.डा.सुशिल भक्त माथेमा वाट आज मिति २०७७।६।२० गते अपरान्ह ६.३० वजे दुवै पक्ष विच सहमति पत्र (Memorandum of Understanding - MOU) मा हस्ताक्षर सम्पन्न भएको कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्