Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा प्रभु बैंक लि.को एक्स्टेन्सन काउण्टर सञ्चालन

ज्ञानमाण्डू। प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिकास्थित वडा नं ०५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देही स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट मिति २०७७ कार्तिक ५ गते देखि कारोबार सुरु भएको हो । 

http://

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंककोे विश्वास रहेको जनाएको छ ।


प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९४ वटा ATM, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

Prabhu Bank Limited

Ad After News Content

GME

Enjoy Your Study