नबिल बैंकको महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा साथ
ज्ञानमाण्डू।कोभिड–१९ महामारी विरूद्ध लड्नका निम्ति संयुक्त प्रयासको रूपमा, MOHP स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी नबिल बैंक, MOHP, एशियाली प्रकोप तत्परता केन्द्र (ADPC), राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (NDRC) र चौधरी फाउण्डेशनद्वारा स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको पहिलो संयुक्त पहल गरिएको बैंकले जानकारी दिएको छ ।
महामारीका लागि तत्परता र प्रतिक्रिया दिनका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम ६ प्रदेशहरुमा सम्पन्न भइसकेको तथा अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीन/प्रकोप जस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएकोे व्यहोरा प्रति बैंकले प्रकाश पारेको छ । दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधाहरू र मानवीय संगठनहरूका २८० भन्दा बढी अग्रपंतिका स्वास्थ्यकर्मीहरूले सक्रियरूपमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिएको बैंकले उल्लेख गरेको छ ।

स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो अद्वितीय सार्वजनिक–निजी साझेदारी पहल हो, जुन संघीय, प्रदेशीय र स्थानीय सरकारी अधिकारीहरूले उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वकोरूपमा निजी क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएकोमा प्रशंसनीय छ ।
कोभिड–१९ जस्ता महँमारीको बेला सरकार र नागरिक समाज संगठनहरूको पहललाई सहयोग पुर्याउन निजी क्षेत्रले स्थानीयरुपमा लचिलो स्वास्थ्य प्रणालीको निर्माण गर्न अझ बढी कदमहरु चाल्न सक्ने बैंकले उल्लेख गरेको छ । यो पहिलो संयुक्त पीपीपीले सबै सरोकारवालाहरुलाई गतिशीलता र साझेदारीलाई निरन्तरता दिन प्रोत्साहित गरेको छ, जसले नेपाललाई स्वास्थ्य आपतकालीन अवस्थामा विपद् थेग्न सक्ने राष्ट्रको रुपमा उभ्याउने कुरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।
प्रतिकृया दिनुहोस्