Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने “नबिल icard”

ज्ञानमाण्डू।अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले US Dollar Nabil icard ल्याएको जानकारी दिएको छ । 


नबिल बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको E-commerce sites मार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । सो कार्ड लिनको लागि ग्राहकहरुको खाता संगै PAN Card पनि अनिवार्य हुने बैंकले उल्लेख गरेको छ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्ने नबिल बैंक लिमिटेडले जानकारी दिएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको व्यहोरा नबिल बैंकले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

Ad Below News Title

Mega Bank

Ad After News Content