Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

धितोपत्र बजारमा ९७.२१ अंकको वृद्धि, नेप्से परिसूचक २९८०.६१ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बढेर २९८० दशमलव २१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १९ दशमलव ५५ अंकले बढेर ५६० दशमलव ९६ को विन्दुमा पुगेको छ ।

आज कूल २२१ कम्पनीका २ करोड ८८ लाख ६३ हजार ०९३ कित्ता शेयर रु ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ उपसमूह ९२ दशमलव ५८ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ३३ दशमलव ९२ अङ्कले, होटल तथा पर्यटन उपसमूह ५८.५८ अङ्कले, विकास बैंक उपसमूह २३३.०९ अङ्कले, जलविद्युत ४५.५ अङ्कले, वित्त उपसमूह ३५.२४ अङ्कले, निर्जीवन बीमा ४४१.२२ अङ्कले, उत्पादन उपसमूह १६५.३१ अङ्कले, अन्य उपसमूह १९.८१ अङ्कले, लघुवित्त उपसमूह १९०.९८ अङ्कले, जीवन बीमा ६४८.४६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ५३ अङ्कले र लगानी उपसमूह १ दशमलव ७१ अङ्कले बढेको छ ।

Ad Below News Title

Mega Bank

Ad After News Content