Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

धितोपत्र बजारमा ७४.७१ अंकको वृद्धि, नेप्से परिसूचक २८९९.८२ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७४ दशमलव ७१ अंकले बढेर २८९९ दशमलव ८२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १३ दशमलव ७७ अंकले बढेर ५४३ दशमलव ४३ को विन्दुमा पुगेको छ ।

आज कूल २२५ कम्पनीका ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर रु ८ अर्ब ०६ करोड १३ लाख ८२ हजार ४९६ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ उपसमूह ४५ दशमलव १३ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ३४ दशमलव ८३ अङ्कले, होटल तथा पर्यटन उपसमूह ८६.८ अङ्कले, विकास बैंक उपसमूह ३५७.५ अङ्कले, जलविद्युत ७८.५५ अङ्कले, वित्त उपसमूह १८१.२६ अङ्कले, निर्जीवन बीमा ३७८.५३ अङ्कले, उत्पादन उपसमूह ९६.४ अङ्कले, अन्य उपसमूह ९.०१ अङ्कले, लघुवित्त उपसमूह १३३.५ अङ्कले, जीवन बीमा ४८७.२ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १४ अङ्कले र लगानी उपसमूह २ दशमलव ८२ अङ्कले बढेको छ । 



Ad Below News Title

Mega Bank

Ad After News Content