Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्सेमा बुधबार महिला सहयात्रा लघुवित्तको १ लाख ३३ हजार कित्ता बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार, अषाढ २३ गतेका दिन महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार  महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल १ लाख ३३ हजार १ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

Ad Below News Title

Mega Bank

Ad After News Content