Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुर्इ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै १६ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ तोकिएको छ।


 

अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार भदाै १५ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।


 

बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।

Mega Bank

Ad After News Content