Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

नेपाल पेमेन्ट सोलुसन्स् र मन्जुश्री फाइनान्स लिमिटेडबीच सहकार्य

nepal payment solution

ज्ञानमाण्डू। नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट श्री प्रताप श्रेष्ठ - सी.एक्स्ओ र श्री सिमन श्रेष्ठ - बिजनेश डेभलपमेन्ट मेनेजर तथा मन्जुश्री फाइनान्स लिमिटेडको तर्फबाट श्री सन्तोष निरौला - प्रमुख कार्यकारी अधिकृत र श्री सुनिल शाही - आइ टि हेडले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले मन्जुश्री फाइनान्स लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै मन्जुश्री फाइनान्स लिमिटेडसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

slc share training