Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

धितोपत्र बजारमा १९.२९अंकको वृद्धि, नेप्से परिसूचक २८९१.३३ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव २९ अंकले बढेर २८९१ दशमलव ३३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ९८ अंकले बढेर ५४२ दशमलव ९० को विन्दुमा पुगेको छ ।
आज कूल २२३ कम्पनीका १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह चार उपसमूहको शेयर ओरालो लागेका छन् । अन्य उपसमूह १ अङ्कले बढ्दा जलविद्युत उपसमूह १०९ दशमलव ९४ अङ्कले, वित्त उपसमूह ३७.११ अङ्कले, निर्जीवन बीमा ९१.८६ अङ्कले, सामूहिक लगानी कोष उपसमूह ०.२४ अङ्कले, लघुवित्त उपसमूह ४९.६६ अङ्कले, बैंकिङ उपसमूह ५.३ अङ्कले, विकास बैंक उपसमूह ८१.३९ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ११ अङ्कले बढेको छ। यता, ट्रेडिङ उपसमूह १६ दशमलव ३ अङ्कले, होटल तथा पर्यटन उपसमूह २.६५ अङ्कले, जीवन बीमा उपसमूह १५.६१ अङ्कले र उत्पादन उपसमूह १३.०८ अङ्कले घटेका छन् । 

































Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training