Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

एनएमबि हाईब्रिड फण्ड एल-१ काे न्याभमा सामान्य गिरावट, जम्मा आम्दानी ऋणात्मक


ज्ञानमाण्डू। एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल-१ ले बैशाख मसान्तसम्मको खुद मूल्य विवरण सार्वजनिक गरेको छ।

एनएमबि हाईब्रिड फण्ड एल-१ काे न्याभ बैशाख मसान्तसम्म आइपुगदा रु. ०.०५ ले घटेर १३ रुपैयाँ ८४ पैसामा कायम भएको छ। गत मासिक (चैत्र) मसान्तमा भने एनएमबि हाईब्रिड फण्ड एल-१ काे न्याभ १३ रुपैयाँ ८९ पैसा पुगेको थियो।

सो सामूहिक लगानी काेषकाे बैशाख मसान्तसम्म नाेक्सान भने ५.५ प्रतिशतले बढेर १० करोड ५५ लाख रुपैयाँ पुगेको छ। चैत्र मसान्तमा नाेक्सान १० करोड रुपैयाँ पुगेको थियो।

बैशाख मसान्तसम्म आइपुग्दा एनएमबि हाईब्रिड फण्ड एल-१ काे जम्मा आम्दानी ८ करोड २६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। चैत्र मसान्तमा जम्मा आम्दानी ७ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। चैत्रकाे तुलनामा नाेक्सान ४ प्रतिशतले बढेको देखिन्छ भने यस सामूहिक लगानी काेषले बैशाख मसान्तसम्म २ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ।

एनएमबि हाईब्रिड फण्ड एल-१ ले बैशाख मसान्तसम्म ६५ करोड ३५ लाख रुपैयाँ सुचीकृत शेयरमा लगानी गरेको छ। त्यसै गरी एनएमबि हाईब्रिड फण्ड एल-१ ले १५ करोड रुपैयाँ बैकं मुद्दती निक्षेपमा राखेको छ भने ऋणपत्रमा ३८ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ।

एनएमबि हाईब्रिड फण्ड एल-१ काे बैकं मौज्दातमा भने १७ करोड १७ लाख रुपैयाँ छ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content