Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

धितोपत्र बजारमा दोहोरो अङ्ककाे गिरावट, नेप्से २३५०.४२ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ६४ अंकले घटेर २३५० दशमलव ४२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ७० अंकले घटेर ४५३ दशमलव ९६ को विन्दुमा पुगेको छ ।


आज कूल २२८ कम्पनीहरूका ५२ लाख २७ हजार ३५९ कित्ता शेयर रु २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७२ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य उत्पादन उपसमूह ८० दशमलव २५ अङ्कले र अन्य उपसमूह ७.३९ अङ्कले बढेका छन् । बैंकिङ उपसमूह १ दशमलव ७३ अङ्कले घट्दा ट्रेडिङ उपसमूह २९ दशमलव ५६ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३४.७७ अङ्कले, विकास बैंक उपसमूह ८९.०२ अङ्कले, जलविद्युत उपसमूह ५३.७२ अङ्कले, वित्त उपसमूह ९.९ अङ्कले, निर्जीवन बीमा ८३.३८ अङ्कले, लघुवित्त उपसमूह ७४.५७ अङ्कले, जीवन बीमा उपसमूह २५७.१४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १८ अङ्कले र लगानी उपसमूह १.३७ अङ्कले घटेका छन् ।


Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training