Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापत ग्राहकलाई रु.७ लाख बीमा रकम हस्तान्तरण



ज्ञानमाण्डू। माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत रु.७ लाख रकम भुक्तानी गरेको छ । ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिबारलाई हस्तान्तरण गरेको छ । बैंकले यसअघि पनि बिभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्र्तगत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको
बैंकले जनाएकाे छ ।

 
माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई रु. ७ लाख सम्मको दुर्घटना बीमा, रु. १ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, रु. ४०,००० सम्मको अस्पताल भर्ना खर्च र रु १०,००० सम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको
बैंकले जनाएकाे छ

 
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेव प्रदान गर्दै आइरहेको बैंकले जनाएकाे छ

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content