Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

धितोपत्र बजारमा ६१.०५ अंकको वृद्धि, नेप्से परिसूचक २०७८.५१ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१ दशमलव ०५ अंकले बढेर २०७८ दशमलव ५१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १२ दशमलव ०९ अंकले बढेर ३९८ दशमलव ३३ को विन्दुमा पुगेको छ ।


आज कूल २१९ कम्पनीका ६४ लाख २३ हजार १५६ कित्ता शेयर रु २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह २२ दशमलव ८८ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ८८.०१ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७४.२ अङ्कले, विकास बैंक उपसमूह १७७.३२ अङ्कले, जलविद्युत उपसमूह ८४.५ अङ्कले, वित्त उपसमूह ११७.८३ अङ्कले, निर्जीवन बीमा १७७.९९ अङ्कले, उत्पादन उपसमूह १००.३९ अङ्कले, अन्य उपसमूह १०३.८२ अङ्कले, लघुवित्त उपसमूह १७५.१७ अङ्कले, जीवन बीमा उपसमूह २०७.७७ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव १७ अङ्कले र लगानी उपसमूह २ दशमलव १ अङ्कले बढेको छ।


Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content