Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

नाफा आर्जनमा ग्लाेबल आइएमई बैङ्क नै अगाडि, कुन वाणिज्य बैङ्कको नाफा कति ?

 

ज्ञानमाण्डू। चालु आर्थिक वर्षको जेष्ठसम्म आइपुग्दा वाणिज्य बैङ्कहरूले ६४ अर्ब रुपैयाँ अधिक नाफा कमाउन सफल भएका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेष्ठ महिनासम्म २७ वटा वाणिज्य बैङ्कहरूले ६४ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । त्यस्तै, सञ्चालनमा रहेका सम्पूर्ण वाणिज्य बैङ्कहरूले औसतमा २ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । केन्द्रीय बैङ्कबाट उपलब्ध तथ्याङ्कलाई आधार मान्दा १० वटा वाणिज्य बैङ्कहरूको मुनाफा औसत भन्दा धेरै रहेको देखिन्छ।

जेष्ठ अन्त्यसम्म आइपुग्दा सर्वाधिक नाफा कमाउन ग्लाेबल आइएमई बैङ्क अगाडि, कुन बैङ्कको नाफा कति ?
समीक्षा अवधिमा ४ अर्ब भन्दा बढी नाफा कमाउन कुल २ वाणिज्य बैङ्कहरू सफल भएका छन् भने ३ अर्ब भन्दा बढी नाफा कमाउन कुल ७ वाणिज्य बैङ्कहरू, २ अर्ब भन्दा बढी नाफा कमाउन कुल १४ वाणिज्य बैङ्कहरू र १ अर्ब भन्दा बढी नाफा कमाउन कुल २७ वटै वाणिज्य बैङ्कहरू सफल भएका छन्। चालु आर्थिक वर्षको जेष्ठ सम्ममा २७ वटा वाणिज्य बैङ्कहरू मध्ये सर्वाधिक नाफा कमाउने वाणिज्य बैङ्क ग्लोबल आइएमई बैङ्क लिमिटेड भएको छ । ग्लोबल आइएमई बैङ्कले ४ अर्ब ८५ कराेड नाफा कमाएको तथ्याङ्कले जनाएको छ।

ग्लोबल आइएमई बैङ्क पश्चात सर्वाधिक नाफा आर्जन गर्न एनआईसी एशिया बैङ्क र सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्क सफल भएका छन्। एनआईसी एशिया बैङ्ककाे नाफा ४ अर्ब ५९ कराेड रुपैयाँ रहेकाे छ भने राष्ट्रिय वाणिज्य बैङ्ककाे नाफा ३ अर्ब ९२ कराेड रुपैयाँ रहेकाे छ यता नबिल बैङ्कले ३ अर्ब ८२ कराेड रुपैयाँ नाफा कमाउँदा प्राइम कमर्सियल बैङ्कले सोही अवधिमा ३ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएकाे छ।

एनएमबि बैङ्कले ३ अर्ब ३४ करोड नाफा गर्दा नेपाल इन्भेष्टमेन्ट बैङ्कले ३ अर्ब २२ करोड, नेपाल बैङ्कले २ अर्ब ९१ करोड, सिद्धार्थ बैङ्कले २ अर्ब ८२ कराेड, मेगा बैङ्कले २ अर्ब ५७ करोड, कुमारी बैङ्कले २ अर्ब ३६ कराेड, कृषि विकास बैङ्कले २ अर्ब १४ करोड, सानिमा बैङ्कले २ अर्ब २ कराेड, सिटिजन्स बैङ्कले २ अर्ब १ कराेड मुनाफा आर्जन गरेको तथ्याङ्कले देखाएको छ।
झन्डै २ अर्ब नाफा गरेको नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कले १ अर्ब ९९ करोड, हिमालयन बैङ्कले १ अर्ब ९८ कराेड, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १ अर्ब ९३ कराेड, एभरेष्ट बैङ्कले १ अर्ब ९० कराेड, सुन्राइज बैङ्कले १ अर्ब ७३ करोड, माछापुच्छ्रे बैङ्कले १ अर्ब ६८ कराेड, प्रभु बैङ्कले १ अर्ब ६५ करोड, लक्ष्मी बैङ्कले  १ अर्ब ४३ करोड, नेपाल एसबिआई बैङ्कले १ अर्ब ४२ कराेड, सेञ्चुरि कमर्सियल बैङ्कले १ अर्ब २९ करोड, नेपाल बङ्गलादेश बैङ्कले १ अर्ब २७ करोड, बैङ्क अफ काठमाडौँले १ अर्ब २५ करोड र सिभिल बैङ्कले १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । 

समीक्षा अवधिमा सर्वाधिक कम नाफा गर्ने वाणिज्य बैङ्क सिभिल बैङ्क लिमिटेड भएको छ। उक्त बैङ्कले १ अर्ब २१ करोड रूपैयाँ नाफा गरेको छ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content