Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

सपाेर्ट लघुवित्तकाे नाफा २ कराेड १० लाख

Support Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३४.९ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३ कराेड २३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले २ कराेड १० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

८ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सपाेर्ट लघुवित्तले १ अर्ब ३० करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, सपाेर्ट लघुवित्तले ९५ करोड २३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ५ करोड १० लाख रुपैयाँ रहेको छ।

सपाेर्ट लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.३ प्रतिशतले घटेर ७ करोड ९० लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.५५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ५५ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १४५९ काे आधारमा मूल्य आम्दानी अनुपात ५७.२ गुणा रहेको छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content