Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रा.लि. बीच व्यवसायिक सहकार्यको सम्झौता



ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक र फुडमाण्डु बीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डु प्रा.लि. को आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ । फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले, बैंकका चिफ डिजिटल बैंकिङ्ग अफिसर माधव सुवेदीको उपस्थितिमा हस्ताक्षर गर्नुभयो ।

 
साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डु मा आवद्ध भएका विभिन्न होटल तथा रेष्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाईन मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २०% (बढिमा रु. ३००) सम्मको क्यासब्याक पाउन सक्नेछन् । बैंकले आउदै गरेको दशैं तिहार, एवं छठ पर्वको अवसरलाई मध्यनजर राखि ३ महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ ।


बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको
बैंकले जनाएको छ

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content